सरकारी सेवा घर–घरमा पुर्‍याउन नागरिक मोवाइल एप सार्वजनिक

कोरोनाविरुद्धको खोप नेपालमा पनि प्रयोग गर्न अनुमति
January 15, 2021
काठमाडौं आइपुग्यो कोरोनाविरुद्धको खोप
January 21, 2021

सरकारी सेवा घर–घरमा पुर्‍याउन नागरिक मोवाइल एप सार्वजनिक

सरकारले सरकारको सेवा प्रबाहका लागि नागरिक मोवाइल एप सार्वजनिक गरेको छ ।

डिजिटल नेपाल फ्रेमवर्क कार्यक्रम अन्तरगत सरकारले आज सिंहदरबारमा पत्रकार सम्मेलन गर्दै नागरिक एप सार्वजनिक गरेको हो ।

सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुङले आज मन्त्रालयमा पत्रकार सम्मेलनका बीचमा एप सार्वजनिक गरेका हुन् ।

नागरिक मोवाइल एप्सले नागरिकको हात हातमा सेवा पुर्याउने लक्ष्य लिएको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव हरिप्रसाद बस्यालले पत्रकार सम्मेलनमा जानकारी दिए ।

यसले सरकारको समृद्व नेपाल र सुखी नेपालीको अभियानलाई थप टेवा पुर्याएको उनको भनाइ छ । सचिव बस्यालका अनुसार नागरिक एपले अहिले सुरुमा परिक्षणका रुपमा ९ वटा कार्यक्रम समेटिएका छन् ।

यस एपबाट नागरिकले आफ्नो सूचना संकलन गर्ने, सुरक्षित राख्ने तथा सरकारले आफ्नासेवालाई घरघरमा पुर्याउने अपेक्षा लिएको छ ।

आजदेखि नै हरेक नागरिकले आफ्नो इन्ड्रोइड मोवाइल फोन र आइफोनमा डाउनलोड गरेर प्रयोग गर्न सक्ने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *